विराटनगरलाई लुम्बिनीको १३५ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि विराटनगर किङ्गसलाई लुम्बिनी लायन्सले १३५ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको हो ।
लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ४५ रन बनाए भने कप्तान रोहित पौडेलले ३४ रन बनाए । बलिङमा विराटनगरका सुवास भण्डारी र प्रतिश जिसीले ३–३ तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।









प्रतिक्रिया राख्नुहोस्