तपाईँ सुन्दै हुनुहुन्छः

सरकार र जेन्जीबीच भएको १० बुँदे सम्झौता अनुमोदन गरी राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले प्रधानमन्त्री सुशीला कार्की र जेन्जी आन्दोलनका प्रतिनिधिबीच हिजो भएको १० बुँदे सम्झौता अनुमोदन गरेको छ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले हिजो भएको सम्झौता अनुमोदन गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिनुभयो । 

यस्तै मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत सहसचिव पुष्कर सापकोटालाई बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने, समाज कल्याण परिषद्को रिक्त सदस्य–सचिव पदमा नियुक्त गर्ने लगायतका निर्णयहरू गरेको मन्त्री खरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button