तपाईँ सुन्दै हुनुहुन्छः

थाइल्यान्ड–कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु

बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा  नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बिहीबार बताउनु भएको छ ।

उहाँका अनुसार द्वन्द्वले लगभग दुई लाख थाई नागरिकहरूलाई विस्थापित गरे पछि उनीहरूले हाल  शरणार्थी शिविरहरूमा शरण लिएका छन् । पत्रकारहरूको साक्षातकारमा सुरासान्टले शरण लिएकै अवस्थामा  तीन शरणार्थीको मृत्यु भएको रिपोर्ट गरिएको जनाउँदै अहिलेसम्म ८४९ वटा शरणार्थीहरू शिविरहरू स्थापना गरिएको बताउनु भएको छ ।

यसैबीच झडपमा  लगभग २०० अस्पताल तथा क्लिनिकहरू प्रभावित भएको जनाइएको  छ ।

थाइल्यान्ड सेनाका क्षत्रिय कमान्डले बिहीबार सामाजिक सञ्जालको पोस्टमा कम्बोडियन सेनाले थाइल्यान्डको उबोन रत्चथानी र सिसाकेट प्रान्तका धेरै स्थानहरूमा गोलीबारी गर्दै झडप अझै जारी रहेको बताउनु भएको छ ।  रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button