तपाईँ सुन्दै हुनुहुन्छः

हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला २०२५’ चितवनमा

काठमाडौँ ।  विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला २०२५’ चितवनको सौराहामा आयोजना हुने भएको छ ।  नेपालको आधिकारी राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालीले यही मङ्सिर २७ गते संयोजन गर्ने भेलालाई  हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक लियोन झिले विशेष सम्बोधन गर्नुहुने छ ।  

सम्मेलनमा देशभरका हिक भिजन ‘ब्राण्ड’को नेपालको आधिकारी वितरकहरू सहभागी हुने कम्पनीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार  वितरक भेलामा सूचना प्रविधिका उद्यमी, वितरक साझेदारले नवीनतम् विषय र हिक भिजनका उत्पादनसँग सम्बन्धित ‘फ्रेन्ड्लि सफ्टवेयर’का बारेमा जानकारी लिन सक्ने छन् । 

भेलामा आगामी सन् २०२६ को योजना, सन् २०२५ को समीक्षा र सन् २०२४ को डिलर पार्टनको तर्फबाट उत्कृष्ट दश डिलरलाई सम्मान तथा अन्य डिलरलाई सम्मान गरिने उहाँले बताउनुभयो ।   म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालीका सञ्चालक समितिका अध्यक्ष एवम् कार्यकारी निर्देशक मणिकुमार तामाङले हिक भिजन ‘ब्राण्ड’ उपकरण विश्वासिला, गुणस्तरीय र भरपर्दो रहेका बताउनुभयो । उहाँले भन्नुभयो, “हिक भिजन ‘ब्राण्ड’ उत्पादनको वार्षिक वितरक भेलाले आगामी दिनमा यसको प्रवद्र्धन गर्न सहयोग मिल्नेछ । ”

हाल हिक भिजन चीनबाट उत्पादित सिसिटिभी सर्भिलेन्स  सम्बन्धी सम्बन्धी सिरिज घरायसी प्रयोजनदेखि पसल अफिस , विद्यालय , सभाहल टोल सार्वजनिक स्थल लगायत आदिमा प्रयोग गर्न मिल्ने क्षमताको सिसिटिभी , हाजिरी उपस्थिति उपकरण , स्मार्ट इन्टरआक्टिभ बोर्ड , लक सिस्टक , गेट ब्यारिअर , अलार्म सिष्टम , फायर स्मोक लगायतका डिटेक्टर सिष्टम, अण्डर भेहिकल सर्भिलियन्स सिष्टम एक्सर मेसिन लगायत उपकरण छन् । 

कार्यकारी निर्देशक तामाङले भन्नुभयो “हिक भिजन चीनबाट उत्पादित उपकरण ,सरसामान नेपालको विभिन्न  स्थानबाट अधिकारी बिक्रेता मार्फत ‘स्टलेशन’ को सुबिधा सहित प्राप्त गर्न सकिने छ ।” 

प्रतिक्रिया राख्नुहोस्

Back to top button