अस्ट्रेलियाद्वारा हरित ऊर्जा क्षमता तीन गुणा बढाउने लक्ष्य

क्यानबेरा । अस्ट्रेलियाले सन् २०५० सम्म विद्युत् उत्पादन र भण्डारण क्षमता तीन गुणा बढाउनुपर्ने आवश्यकता देखिएको छ । ऊर्जा बजार सञ्चालन निकायले प्रकाशन गरेको प्रारम्भिक योजना अनुसार, हालको कुल विद्युत् क्षमता ९२ एकाइबाट सन् २०३५ सम्म १९० एकाइ र सन् २०५० सम्म २९७ एकाइ पुग्नुपर्नेछ ।
सूर्य ऊर्जा उत्पादन क्षमता हालको २३ एकाइबाट सन् २०५० सम्म १२० एकाइ पुग्ने अनुमान गरिएको छ । त्यसैगरी, ब्याट्री, भर्चुअल विद्युत् केन्द्र र पम्प गरिएको जलविद्युत् प्रणालीको भण्डारण क्षमता १२ एकाइबाट ५५ एकाइसम्म विस्तार हुनेछ । घरको छतमा जडित सौर्य प्यानल जस्ता वितरण प्रणालीको उत्पादन क्षमता २५ एकाइबाट ८७ एकाइसम्म बढ्ने अपेक्षा गरिएको छ ।
रिपोर्टले सन् २०५० सम्म करिब छ हजार किलोमिटर नयाँ प्रसारण लाइन आवश्यक पर्ने पनि जनाएको छ, जुन हालको नेटवर्कको करिब १३ प्रतिशत विस्तार हो । ग्रिड स्तरको उत्पादन, भण्डारण, प्रसारण र वितरणमा २०५० सम्म वार्षिक अनुमानित खर्च एक अर्ब २८ करोड रुपैयाँ रहने देखाइएको छ । प्रसारण क्षेत्रमा नौ अर्ब रुपैयाँको लगानीले उपभोक्तालाई २२ अर्ब रुपैयाँ बचत गराउन सक्ने उल्लेख छ ।
अस्ट्रेलियाका कोइलाधारित विद्युत् केन्द्रको क्षमता हालको २१ एकाइबाट सन् २०३५ सम्म ७ एकाइ र २०५० सम्म पूर्णरूपमा समाप्त हुने अनुमान गरिएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्