तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह, ‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईँ निस्कनुपर्छ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पितृ शोकमा रहनुभएका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गर्नुभएको छ । 

प्रधानमन्त्री कार्कीले आज कुपण्डोलस्थित श्रेष्ठको निवासमा पुगेर भेट गर्नुभएको उहाँका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । भेटमा मुलुक र समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो । 

भेटमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले शान्तिपूर्ण वातावरणमा निर्वाचनका लागि शुभकामना दिनुभएको थियो । उहाँले भन्नुभयो, “जसरी पनि चुनाव सम्पन्न गर्नुपर्छ, निर्वाचन सम्पन्न गरेर मात्र तपाईँ निस्कनुपर्छ, हाम्रो शुभकामना छ ।”

श्रेष्ठका बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको यही मङ्सिर १६ गने ९५ वर्षको उमेरमा निधन भएको थियो । 

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न समाचारहरू आइरहेको र ती भ्रामक रहेकाबारे प्रधानमन्त्री कार्कीलाई स्पष्ट गर्नुभएको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button