नवनियुक्त मुख्यमन्त्री यादवलाई गृह जिल्लामा भव्य स्वागत
रौतहट । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई गृह जिल्ला रौतहटमा १०१ किलोको विशाल फूलमाला अर्पण गरी भव्य स्वागत गरिएको छ। सात दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई मधेस प्रदेशका पूर्व गृहमन्त्री मुहम्मद समीम अंसारी र नेपाली कांग्रेसका युवा नेता एमडी सनमले संयुक्त रूपमा सम्मान गर्नुभयो ।

नेपाली कांग्रेसका मधेश प्रदेश सभापति तथा संसदीय दलका नेता रहेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले धारा १६८ ९२० अनुसार प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री यादवले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारी भइरहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
यादवलाई नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित ७७ जना प्रदेश सांसदले समर्थन गरेका छन्।
रौतहट क्षेत्र नं। १ ‘ख’ बाट निर्वाचित यादव मुख्यमन्त्री बनेपछि जिल्लामा उत्साहपूर्ण वातावरण देखिएको छ । “रौतहटले पहिलोपटक मुख्यमन्त्री पायो” भन्दै स्थानीयवासी र समर्थकहरू सामाजिक सञ्जालमा खुसी व्यक्त गरिरहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्