तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा चितवनले टस जितेर पहिला ब्याटिङ रोजेको छ । 

प्लेअफ दौडबाट बाहिरीसकेका चितवन र पोखराका लागि आज प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । दुवै टोलीले छ खेलबाट समान चार अङ्क जोडेका छन् । 

आज भएको पहिलो खेलमा विराटनगरले सुदूरपश्चिमलाई पराजित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button