तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश : मुख्यमन्त्रीका लागि ६ दलको समर्थनमा काँग्रेसको दाबी पेश

जनकपुरधाम । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सात दलले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् ।

आज अपराह्न सात दलबीच सहमति जुटेपछि यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ७७ जना प्रदेशसभा सदस्यको समर्थन पत्रसहित दाबी पेश गरिएको हो ।

प्रदेश प्रमुख प्राध्यापक डा सुरेन्द्र लाभ कर्णसमक्ष दाबी पेश गर्नेहरूमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी दल रहेका छन् ।

यस अघि सात दलीय गठबन्धनमा रहेका नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंह बाटोमै भएका कारण दाबी पत्रमा उहाँको हस्ताक्षर हुन बाँकी रहे पनि समर्थन रहेको ६ दलका नेताहरूले जनाउनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त भएका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउने अवस्था नदेखेपछि राजीनामा दिनु भएपछि प्रदेश प्रमुख कर्णले सर्वोच्चको परमादेशअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button