तपाईँ सुन्दै हुनुहुन्छः

चालु आवको पहिलो चौमासिकमा काँकडभिट्टा नाकाबाट ६ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर, झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट ६ अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । 

मेची भन्सार कार्यालयका अनुसार काँकडभिट्टा नाकाबाट ६ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।

कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार चालु आवको उक्त अवधिमा रु. तीन अर्ब १० करोड ५४ लाख मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल, रु एक अर्ब ७४ करोड ६८ लाख मूल्य पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल, रु. ८२ करोड ६३ लाख मूल्य पर्ने आठ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, रु. २६ करोड ३३ लाख मूल्य पर्ने दुई हजार ९०८ किलोलिटर एटिएफ र रु. चार करोड ६१ लाख मूल्य पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको छ ।

पेट्रोलियम पदार्थ आयातबाट रु. दुई अर्ब ९६ करोड ८१ लाख ४५ हजार राजश्व संकलन भएको हुमागाईँले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस नाकाबाट अघिल्लो आव २०८१÷०८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयातमा २.०१ प्रतिशतले वृद्धि भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button