तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो चौमासिकमा पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

भद्रपुर, झापा । गत आर्थिक वर्षको तुलनामा पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा चियाको निर्यातमा गिरावट आएको छ । 

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आव २०८१/०८२ को सोही अवधिको तुलनामा चालू आवको चौमासिक अवधिमा चियाको निर्यात ३७ प्रतिशतले घटेको छ । उहाँका अनुसार गत आवको उक्त अवधिमा रु. दुई अर्ब २० करोड ४८ लाख ४० हजारको चिया निर्यात भएको थियो भने चालु आ.व.मा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ मूल्य बराबरको मात्र चिया निर्यात भएको छ ।

साउनदेखि कात्तिकसम्मको अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको कार्यालयले जनाएको छ ।

यस वर्षको चार महिनामा गत आवको सोही अवधिको तुलनामा रु। ८३ करोड १७ लाख ६२ हजार घटी चिया निर्यात भएको हुमागाईँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button