महाधिवेशनका लागि समय कम भयो: नेता कोइराला

चितवन I नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताउनुभएको छ ।
आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताउनुभयो । कोइरालाले भन्नुभयो, “समय कम भयो । महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।” उहाँले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताउनुभयो ।
यद्यपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उहाँको भनाइ छ । जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उहाँले बताउनुभयो । महाधिवेशनमा उम्मेद्वारीका सम्बन्धमा उहाँले भन्नुभयो, “सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाइ हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुई जनामध्ये एक जना लड्छौँ ।” रासस








प्रतिक्रिया राख्नुहोस्