रौतहटकी असई यादव देशकै ‘सर्वोत्कृष्ट प्रहरी’

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव देशकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नेपाल प्रहरीले देशभरिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत कर्मचारीहरूबाट उत्कृष्ट छनोट गर्ने क्रममा रौतहटकी असई यादवलाई पहिलो स्थान प्राप्त भएको हो ।
काठमाडौँमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले असई यादवलाई ४० हजार रुपैयाँ नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्दै सम्मान गर्नुभयो । उहाँ हाल जिल्ला प्रहरी कार्यालय रौतहटमै कार्यरत रहँदै आएकी हुन् ।
असई यादवले लैङ्गिक हिंसा न्यूनीकरण, पीडित मैत्री सेवा प्रवाह र लैङ्गिक उत्तरदायी प्रहरी सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण योगदान पुर्याएको उत्कृष्ट कर्मचारी छनोट समितिले जनाएको छ । विभागीय नीतिको सफल कार्यान्वयन र संवेदनशील मुद्दामा पेशागत समर्पणका आधारमा उहाँलाई राष्ट्रिय स्तरमै पहिलो बनाइएको समितिले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्