बाबुछोरी दुवै एकैपटक सेकेन्ड लेफ्टिनेन्ट, खरिपाटीमा सँगै तालिम

काठमाडौँ । बैतडीको सुर्नया गाउँपालिका–५ कारिकोटका ४३ वर्षीय नरेन्द्रबहादुर बिष्ट र उनकी २० वर्षीय छोरी आयुसा बिष्टले नेपाली सेनाको इतिहास रचेका छन् ।
२४ वर्ष सेवापछि नरेन्द्र सहायक सेनानी बनेका छन् भने पहिलो प्रयासमै छोरी आयुसाले पनि सेकेन्ड लेफ्टिनेन्टको पदमा सफलता हासिल गरिन्।
बाबुछोरी दुवैले खरिपाटी सैनिक प्रतिष्ठानमा सँगै तालिम गरे । नरेन्द्र हाल सबुज गण बारामा कार्यरत छन् भने,आयुसा सि.नं. ६५ खरिपाटी तालिममै व्यस्त छिन।
नेपाली सेनाको इतिहासमै बाबुछोरी दुवै एकै पटक एउटै दर्जामा तालिममा सहभागी भएको सम्भवतः यो पहिलो घटना हो।
नरेन्द्र भन्छन्: “आफू पनि फौजी, छोरी पनि फौजी। यसभन्दा ठूलो गर्व के हुन्छ र?”









प्रतिक्रिया राख्नुहोस्