एसिसी यू–१९ प्रिमियर कप: नेपाल दोस्रो जितको खोजीमा
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा नेपालले हङ्कङको सामना गर्दै छ ।

अजमान खेल मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दैछ । यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबियामाथि आठ विकेटको जित निकालेको थियो ।
आज खेलमा पनि नेपाल लगातार दोस्रो जितेको खोजीमा छ । चौध टोलीबिच चार समूहमा विभाजन गरी भइरहेकोको प्रतियोगिताका चार समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।








प्रतिक्रिया राख्नुहोस्