एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार चौथो जित निकालेर प्लेअफनजिक पुग्ने मुडमा छ । यसअघिका तीनवटै खेल जितेर अपराजित रहेको सुदूरपश्चिम छ अङ्कका साथ शीर्ष स्थानमा छ ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी अपराजित सुदूरपश्चिममाथि जित निकाल्ने लक्ष्यमा छ । तीन खेलमा एक खेल मात्रै जितेको लुम्बिनी छैटौँ स्थानमा छ । आजको खेल जित्दै लुम्बिनी प्लेअफको सम्भावना जीवित राख्ने लक्ष्यमा छ । साथै सुदूरपश्चिमको अपराजित यात्रामा पनि रोक लगाउने दाउमा हुनेछ ।
आजै अपराह्न ४ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्








प्रतिक्रिया राख्नुहोस्