देशभरको मौसम सफा रहने पूर्वानुमान
काठमाडौँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।
आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
त्यसैगरी, आज राति कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
काठमाडौँ, उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसका बीच रहने महाशाखाको पूर्वानुमान छ ।







प्रतिक्रिया राख्नुहोस्