पूर्व मन्त्री शर्माद्वारा रेडियो नेपाल दाङको अवलोकन
दाङ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय लुम्बिनी प्रदेश दाङको अवलोकन भ्रमण गर्नुभएको छ ।

पूर्व मन्त्री शर्माले भ्रमणका क्रममा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय हेमन्तपुर दाङको निमार्णधिन नयाँ भवनको अवलोकन गर्दै कार्यालयको भौतिक अवस्थाका बारेमा जानकारी लिनुभयो ।
प्रादेशिक प्रसारण कार्यालय दाङका प्रमुख बिन्तिराम महतोले कार्यालयको भौतिक अवस्था लगायत विविध विषयमा जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्