समयै निर्वाचन हुनेमा कुनै संशय छैन : मन्त्री खरेल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले देशमा राजनीतिक दल र सुरक्षा निकाय लगायतका संयन्त्र निर्वाचन केन्द्रित भूमिकामा लागेकोले समयै निर्वाचन हुनेमा कुनै संशय नरहेको बताउनुभएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिनुहुँदै मन्त्री खरेलले हाल राजनीतिक दलहरूले निर्वाचन आयोगमा दल दर्ता तथा नवीकरण गर्न कार्य भइरहेको र ८ लाख बढी मतदाता नामावली दर्ता भइसक्नुले देशमा निर्वाचनको वातावरण थप प्रगाढ प्रष्ट बनेको बताउनुभयो ।
सञ्चार मन्त्री खरेलले सुरक्षाको वातावरण निर्माण गर्न सुरक्षा निकायले समेत सुरक्षा योजना बनाई सम्बन्धित निकायमा योजना कार्यान्वयन गर्ने तयारी गरिसकेको बताउनुभयो ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्दै उक्त क्षेत्रमा मासिक भाडादर प्रतिमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।
त्यस्तै, ऊर्जा क्षेत्रकै अन्तर्राष्ट्रिय समन्वयलाई ध्यानमा राख्दै सरकारले विद्युत् नियमन आयोगलाई साउथ एसिया इन्फ्रास्ट्रक्चर रेगुलेसनको सदस्यता दिन स्वीकृति प्रदान गर्ने, नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू मन्त्रिपरिषद् बैठकले गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्