तपाईँ सुन्दै हुनुहुन्छः

परिवारकै सदस्यबाट महिलाको बीभत्स हत्या,  गाडिएको अवस्थामा शव फेला

रौतहट । रौतहटमा एक महिलाको बीभत्स ढंगले हत्या भएको छ । रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको परिवारकै सदस्यले नै बीभत्स ढंगले हत्या गरेको घटना सार्वजनिक भएको हो । भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति निर्मम ढंगले हत्या गरी घरमै भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा प्रहरीले फेला पारेको हो।

मङ्गलवार बिहान घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले घरको भित्री भागमा खाडल खनेर पुरिएको अवस्थामा खातुनको शव बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका लागि साउदी अरबमा कार्यरत छन् । 

घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित परिवारका सबै सदस्यसहित फरार रहेको र उहाँहरूले खातुनकी डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत साथमै लिएर फरार भएको प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button