तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

झापा । करेन्ट लगाएर माछा मार्ने क्रममा झापाको गौरादहमा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो १२ः२० बजे गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाको सिमानामा पर्ने रामचन्द्रे खोलामा करेन्ट लगाएर माछा मार्दा गौरादह ६ आरतीनगर बस्ने ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नो घरदेखि २०० मिटर उत्तर–पश्चिम रामचन्द्रे खोलामा घरको २२० भोल्ट लाइनको तार जोडी माछा मार्ने क्रममा तार सर्ट भई करेन्ट लाग्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । खोलामा मृत अवस्थामा उनकी श्रीमती फूलकुमारी ताजपुरियाले देखेर प्रहरीलाई खबर गरेकी थिइन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button