शैलुङमा साहित्य सम्मेलन सम्पन्न
दोलखा । गोरखापत्र संस्थान मधुपर्क मासिकले दोलखाको पर्यटकीय केन्द्र शैलुङमा आयोजना गरेको दुई दिने साहित्य सम्मेलन– २०८२ शनिवार सम्पन्न भएको छ ।

साहित्य सम्मेलनको सह– आयोजक शैलुङ गाउँपालिका र शैलुङ पर्यटन तथा कालापानी बजार टोल विकास संस्था रहेको आयोजक गोरखापत्र संस्थानले जनाएको छ ।
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ मा पर्ने तीन हजार एक सय ४८ मिटरको उँचाइमा रहेको शैलुङको सय वटा थुम्कामा ऋषिहरूले तपस्या गरेको किंवदन्ती रहेको छ । शैलुङमा हरेक बाह्र वर्षमा गोदावरी फुल्ने विश्वास गरिन्छ ।
साहित्य सम्मेलनमा कवि रञ्जन न्यौपाने, सुवासचन्द्र पौडेल, मणी लोहनी, लक्ष्मी ढकाल, विमुन्स पौडेल, किशोर पहाडी, तुलसीहरि कोइराला, चेतनपथ माधव, अनिता कोइराला, प्रकाश घायल, रेखा आचार्य, अञ्जना पौडेल, सुशीला शर्मा, सुशीला खड्का हसिना, श्रीबाबु कार्की, बिष्णु आचार्य, भगवती बस्नेत, कर्ण दहाल, उषा केसी, ऋषभदेव भट्टराई, विष्णुमाया कट्टेल (सिक्किम), लेखक– निबन्धकार जयदेव भट्टराई, युवराज नयाँघरे, गीता रेग्मी, जय छाङछा राई, उत्तम भट्टराई, सुमन गिरी लगायतको सहभागिता रहेको थियो । सम्मेलनमा दोलखाबाट कवि सुन्दर खड्का, दीपशङ्कर चौलागाई, तारा विएम लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी साहित्य सम्मेलनमा शैलुङ गाउँपालिकाका प्रमुख रिमालबाबु श्रेष्ठ, तामाकोशी गाउँपालिकाका प्रमुख प्रोणप्रताप केसी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार एवम् समाजसेवी शोभित उप्रेती, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरी, गोरखापत्र संस्थानको अनलाइन सम्पादक लक्की चौधरी, तारा बस्याल, दिपक श्रेष्ठ, पर्यटन बोर्डका प्रवीण थपलिया, साहित्यिक पत्रकार समाजका अध्यक्ष राधेश्याम लेकाली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य मनुका कुँवर, पत्रकार कृष्ण मल्ल लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्