रोल्पामा खुल्ला कबड्डी प्रतियोगिता सम्पन्न
रोल्पा । जिल्ला कबड्डी संघ रोल्पाद्वारा आयोजना गरिएको खुल्ला कबड्डी प्रतियोगिता–२०८२ सम्पन्न भएको छ। मङ्सिर ४, ५ र ६ गते सञ्चालन भएको प्रतियोगितामा १९ वर्षमुनिका खेलाडीहरू सम्मिलित १० वटा टिमले सहभागिता जनाएका थिए।

प्रतियोगिताको रोमाञ्चक फाइनल खेल रोल्पा नगरपालिका र तुल्सीपुर युथ क्लबबिच लिवाङको खेल मैदानमा सम्पन्न भयो, जसमा रोल्पा नगरपालिका विजयी बन्दै उपाधि हात पार्न सफल भयो ।
प्रथम रोल्पा नगरपालिकालाई ४०,०००, द्वितीय तुल्सीपुर युथ क्लब दाङलाई २०,००० नगदका साथै मेडल तथा प्रमाणपत्र प्रदान गरियो ।
विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती, जिल्ला समन्वय समिति उप–प्रमुख कर्मलाल परियार तथा निवर्तमान नगरप्रमुख पूर्ण केसीले पुरस्कार वितरण गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्