तपाईँ सुन्दै हुनुहुन्छः

बीएसएल क्रिकेट प्रतियोगिता शुरु

वीरगञ्ज । वीरगन्जमा आजदेखि सुरु वीरगन्ज सुपर लिग (बीएसएल) क्रिकेट प्रतियोगितामा ड्रागन्स् अफ साबिह दरबारले विजयी सुरुवात गरेको छ ।

नारायणी क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा साबिह दरबारले कालिकामाई क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

कालिकामाई क्रिकेट क्लबले दिएको १०० रनको लक्ष्य साहिब दरबारले १९ ओभर खेल्दै ७ विकेटको क्षतिमा पुरा गर्‍यो । उसका लागि आरिफ हवारीले सर्वाधिक ३८ रन र कमल गुप्ताले १२ रन बनाए । बलिङतर्फ कालिकामाईका लागि विपिन राउतले ३ र प्रिन्स पटेलले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले व्याटिंग गरेको कालिकामाई क्रिकेट क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रन मात्रै बनाएको थियो । उसका लागि सजाद मन्सुरीले २९ र मन्थन यादवले १९ रनको योगदान दिएका थिए ।

बलिङतर्फ साबिह ददबारका अभय सिंहले २ तथा भुलावन सहनी, अजय यादव,कमल गुप्ता र दिलीप दासले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि वीरगन्ज युथ स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गर्नुहुँदै बीएसएलले वीरगन्ज र समग्र मधेस प्रदेशको खेलकुद क्षेत्रमा ऐतिहासिक योगदान पु¥याएको बताउनुभयो ।

कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले बीएसएल नेपालकै उत्कृष्ट फ्रेन्चाइजी लिगमध्ये एक भएको दाबी गर्नुभयो ।

मङ्सिर १३ गतेसम्म चल्ने प्रतियोगितामा साउथ जोन स्टार्स, ड्रागन्स अफ साहिब दरबार, मधेस एलिट्स, रोयल वीरगन्ज ११ र अपन कालिकामाई गरी पाँच फ्रेन्चाइजी टिमले भाग लिएको प्रतियोगिताका संयोजक एवं पूर्व राष्ट्रिय क्रिकेट  खेलाडी हासिम अन्सारीले जानकारी दिनुभयो ।

प्रतियोगिताको लिग चरणमा कुल ११ खेल हुनेछन् । फाइनल खेल मङ्सिर १३ गते हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button