तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तान र इराकको जेलबाट ५६० जना अफगान कैदी जेल मुक्त भई स्वदेश फिर्ता

काबुल । गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५६५ जना अफगान नागरिकहरू जेल मुक्त भई अफगानिस्तान फर्केको  शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

रिहा गरिएका मध्ये दुई महिना सम्म पाकिस्तानी जेलमा रहेका ५१७ जना अफगान कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा हुँदै घर फर्केको जनाइएको छ । इराकमा छ– देखि नौ महिना कैदमा रहेका थप ४८ जना अफगानीलाई पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमाबाट  स्वदेश फिर्ता  गरिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको  छ ।

 गत जुलाईमा सार्वजनिक परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार दश हजार  भन्दा बढी अफगान नागरिकहरू विदेशमा, बन्दी बनाइएका छन् भने तिनीहरू मध्ये अधिकांश इरान र पाकिस्तानमा रहेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button