तपाईँ सुन्दै हुनुहुन्छः

बाराको सिमरामा जारी कर्फ्यु कफ्र्यू आदेश हटाइयो

वीरगञ्ज  । बाराको जितपुर सिमरा क्षेत्रको जनजीवन सामान्य हुँदै गएसँगै आज दिउँसोदेखि लगाइएको कर्फ्यु आदेश राति ८ः०० बजे देखि हटाइएको छ । 

बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा उत्पन्न तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले आज दिउसो १२ः३० बजेदेखि जारी गरेको कफ्र्यू आदेश राति ८ः०० बजेसम्म कायम रहेको थियो । 

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जिल्ला सुरक्षा समितिको आज राति ८ः०० बजे बसेको बैठकले कफ्र्यू आदेशको समय थप नगरेको र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै आगामी कदम चाल्ने निर्णय गरेको बताउनुभयो । 

कफ्र्यू कायमै रहेको अवस्थामा समेत पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथ हँुदै सञ्चालित यातायात वीरगंजको गण्डक र पथलैयाको बारामा दिउँसोदेखि अलपत्र परेपछि साँझ ६ः०० बजेदेखि दुवै राजमार्गमा यातायात सञ्चालन गरिएको थियो । 

नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत बिहान १०ः३० बजे बुद्ध एयरमार्फत बाराको नितनपुरमा आयोजित बृहत् युवा भेलालाई सम्बोधन गर्न आउने सूचना सार्वजनिक भएपछि जेनजी समूहले सिमरा विमानस्थल आसपास क्षेत्रमा प्रदर्शन शुरु गरेका थिए । सो क्रममा जेनजी समूह र एमाले निकट युवा संघका कार्यकर्ता बिच झडप भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाराले कफ्र्यू आदेश जारी गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button