कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त हुनुभएको छ ।
आज बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । निरौला विराटनगर निवासी हुनुहुन्छ ।
यसअघिका उपाध्यक्ष डा.राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
निरौला बैङ्किङ क्षेत्र तथा स्थानीय तहको अनुभवी व्यक्तिको रूपमा चिनिनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्