तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । 

आज नेप्से परिसूचक चार दशमलव ९८ प्रतिशतले घटेर दुई हजार ५६१ दशमलव शून्य आठको बिन्दुमा कायम भएको हो ।

आज ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ५० हजार ६२६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ बराबरको कारोबार भएको छ । कारोबारमा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी र व्यापार समूहबाहेक सबै समूहको उपसूचक घटेका छन् ।

आजको कारोबारमा माबिलुङ्ग इनर्जी लिमिटेड, दरमखोला हाइड्रोइनर्जी लिमिटेड, सागर डिस्टिलरी लिमिटेड, हिमस्टार ऊर्जा कम्पनी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड, सान्भी इनर्जी लिमिटेड, झापा इनर्जी लिमिटेड र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

सबैभन्दा बढी गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैङ्कको शेयर रहेको छ । कारोबार रकमको आधारमा आज वरुण हाइड्रोपावरको सबैभन्दा बढी रु २७ करोड ४० लाख ४४ हजार ४२१ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button