सुन्धारा कारागारबाट फरार कैदी घरमै लुकी बसेको अवस्थामा पक्राउ
मकवानपुर। जेन–जी आन्दोलनको क्रममा काठमाडौँको सुन्धारा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले मङ्गलवार पक्राउ गरेको छ।
भदौ २४ गते कारागारबाट भागेका मकवानपुर थाहा नगरपालिका–९ का ३२ वर्षीय भूपेन्द्र बस्नेत आफ्नै घरमा लुकी बसिरहेको अवस्थामा पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बस्नेतलाई घरमै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बस्नेतलाई काठमाडौँ जिल्ला अदालतले लागुऔषध ९खैरो हेरोइन० सम्बन्धी मुद्दामा ५ वर्ष कैद सजाय तोकेको थियो।
पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाही तथा कैद असुलीका लागि भिमफेदी कारागार पठाइएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्यले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्