तपाईँ सुन्दै हुनुहुन्छः

बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण हुँदै

तनहुँ। व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण भइरहेको छ ।

तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको ३७ प्रतिशतमात्र काम पूरा भएको छ ।

पूर्वाधार विकास कार्यालयका  इन्जिनियर रवीन्द्र तिवारीका अनुसार निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको २५ मिटर लामो पुलको गडरमध्ये एक भाग भत्काएर पुनर्निर्माण थालिएको छ । हाल ‘फाउण्डेसन’को काम जारी छ । पुलको लागत  रु पाँच करोड रु १० लाख ३३ हजार हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button