तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग छलफल गर्दै

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चित गर्न आज दलका नेताहरूसँग संयुक्त छलफल गर्ने लाग्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजेका लागि बोलाइएको छलफलमा सरकारका कामकारबाही र प्राथमिकताबारे दलहरूलाई जानकारी गराइनेछ। निर्वाचन दर्ता प्रक्रियामा रहेका दलहरूलाई सक्रिय रूपमा चुनावमा भाग लिन आह्वान गर्न प्रधानमन्त्रीले यो छलफल गर्न लाग्नुभएको हो ।

यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेतासँग र जेनजी (युवा) प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गरिसक्नुभएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, आजको छलफलको मुख्य उद्देश्य निर्वाचन प्रक्रियालाई समावेशी, पारदर्शी र जनमुखी बनाउँदै सबै राजनीतिक शक्तिलाई एकताबद्ध गराउनु हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button