जेन्जी आन्दोलनपछि चालक अनुमति पत्र सेवा पुनः सुरु
पुर्वी नवलपरासी । यातायात व्यवस्था कार्यालय नवलपुरमा जेनजी आन्दोलनपछि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन सेवा सुरु भएको छ ।
भदौ २४ मा यातायात व्यवस्था विभागको डेटा सेन्टरमा आएको प्राविधिक समस्याले कारण रोकिएको सेवा मङ्गलवारबाट सुरु भएको हो ।
बिलबुक र लाइसेन्स नवीकरणको काम भइरहे पनि नयाँ सवारी चालक अनुमति पत्रको काम रोकिएको थियो । दुई महिनासम्म सवारी चालक अनुमति पत्रको अनलाइन फारम भर्न नपाएपछि यहाँका सेवाग्राही मर्कामा परेका थिए ।
मङ्गलवारदेखि नयाँ चालक अनुमति पत्रको अनलाइन फारम भर्न सुरु भएको यातायात व्यवस्था कार्यालय कावासोतीका प्रमुख सुरेश जैसवालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्