तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा ६ हजार १०८ नयाँ मतदाता थपिए 

रौतहट। रौतहटमा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम तीव्र रूपमा बढेको छ ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार मङ्गलवार दिउँसोसम्मको अद्यावधिक तथ्याङ्कमा ६ हजार १०८ नयाँ मतदाताको नाम समावेश गरिएको हो ।

नयाँ दर्ता भएका मतदातामध्ये पुरुष ३ हजार ५१८ र महिला २ हजार ५८९ र अन्यमा १ जना रहेको निर्वाचन कार्यालय रौतहटका प्रमुख दासले बताउनुभयो । 

जिल्लामा यसअघि ४ लाख २१ हजार ६९३ मतदाता रहेकोमा थप ६,१०८ समावेश भएपछि कुल मतदाता संख्या ४ लाख २७ हजार ८०१ पुगेको उहाँले जानकारी दिनुभयो । 

मतदाता परिचयपत्र बनाउने समयसीमा मंसिर ५ गतेसम्म रहेको उल्लेख गर्दै, अझै नयाँ मतदाता थपिने क्रम जारी रहेको दासले बताउनुभयो । विशेषगरी युवाहरू मतदाता परिचयपत्र बनाउने प्रक्रियामा सक्रिय रहेको भन्दै, दर्तामा युवाको सहभागिता बढ्दो रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button