प्रधानमन्त्री कार्की र नागरिक समाजका अगुवाबिच अन्तर्क्रिया सुरु
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तर्क्रिया सुरु भएको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे अन्तर्क्रिया सुरु भएको सचिवालयले जनाएको छ ।
नागरिक समाजका अगुवा प्रतिनिधिहरूलाई प्रधानमन्त्रीको कार्यालयमा आमन्त्रण गरी राष्ट्रिय मुद्दा, सुशासन, विकास–निर्माण तथा समसामयिक चुनौतीहरूबारे छलफल गर्ने उद्देश्यले अन्तर्क्रिया आयोजना गरिएको हो। नागरिक समाजका अगुवा, प्रतिनिधिसँगको अन्तरक्रियामा सहभागीहरू इन्द्र अधिकारी, सुबोधराज प्याकुरेल, जेवी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण, गेजा शर्मा, दोभान राई, नयनतारा गुरुङ, निर्ग नभिन, विजय तिमील्सिना, खगेन्द्र सङ्ग्रौला, तुलानारायण शाह, रेवती कार्की, शिशिर उप्रेती, डा. दिपेश घिमिरे, राजुप्रसाद चापागाईँ लगायतको उपस्थिति रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्