खेतमा लुकाएर राखिएको अवस्थामा ४५० थान मोबाइल बरामद
वीरगञ्ज । अवैध रुपमा राजस्व छली भारतबाट भित्र्याइएको ४५० थान मोबाइल पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा गाउँको खेतमा लुकाएर राखिएको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

तस्करहरूले भारतबाट ल्याएको लाभा कम्पनीको ४५० थान मोबाइल सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेव पट्टीबाट सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र खड्काको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीले बलुवा गाउँस्थित धानबारीमा कार्टुनमा लुकाएर राखिएका मोबाइल बरामद गरेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक पूरणचन्द्र भट्टले जानकारी दिनुभयो ।
बरामद मोबाइलको बजार मूल्य अन्दाजी १२ लाख रुपैयाँ रहेको र आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्