तपाईँ सुन्दै हुनुहुन्छः

अदालत जलाउनेलाई उन्मुक्ति दिन हुँदैन : प्रधानन्यायाधीश राउत

सप्तरी । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालत जलाउने, तोडफोड गर्ने र क्षति पुर्‍याउने जो–कसैलाई पनि उन्मुक्ति दिन नहुने बताउनुभएको छ ।

जेनजी आन्दोलनका क्रममा सप्तरी जिल्ला अदालतमा पुगेको क्षति अवलोकन गर्न राजविराज आउनुभएका राउतले दोषी पहिचान गरी कारबाही अघि बढाउनुपर्ने बताउनुभयो । 

उहाँका अनुसार जेनजी आन्दोलनका क्रममा देशभरका अदालतहरूमा भएको आगलागी र तोडफोडबाट करिब अढाई अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ। ‘यो २०७४/७५ तिरको मूल्याङ्कन हो, हालको मूल्यमा यो क्षति अझै बढी हुन्छ,’ 

राउतले अदालतमा जलेका मिसिलहरूको पुनःसञ्चालन भइरहेको र त्यसले मुद्दा निर्णयमा समस्या नपर्ने स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button