तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएलका लागि नामिबियाका कप्तान नेपालमा

काठमाडौँ । नामिबियाका कप्तान जेरहार्ड इरस्मस नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि नेपाल आइपुगेका छन् । 

उनले एनपिएलमा लगातार दोस्रो पटक काठमाडौँ गोर्खाजको प्रतिनिधित्व गर्दै छन् । शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेका इरस्मसलाई काठमाडौँका प्रतिनिधिले  स्वागत गरेका थिए ।

इरस्मसले ७७ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा एक शतक र १३ अर्ध शतकसहित १ हजार ८३३ रन प्रहार गरेका थिए । यसैगरी उनको नाममा ५८ अन्तर्राष्ट्रिय विकेट पनि छ ।

काठमाडौँले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्ने छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

एनपिएलको दोस्रो सिजन मङ्सिर १ देखि २७ सम्म हुँदैछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सको सामना गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button