नव जनजागृति युवा क्लब एन्फा राष्ट्रिय लिगमा छनोट
काठमाडौँ । एकतर्फी जित निकाल्दै नव जनजागृति युवा क्लब एन्फा राष्ट्रिय लिगमा छनोट भएको छ ।
मकवानपुरको हेटौँडास्थित गौरिटार रङ्गशालामा शुक्रबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा नव जनजागृतिले हैरान्स क्लबमाथि ७–२ को जित निकालेको हो । जितसँगै शीर्ष स्थानमा रहेको नव जनजागृतिले ४ खेलबाट १० अंक पुर्याएको छ । नव जनजागृतिको जितसँगै काँक्रेविहार क्लब पनि राष्ट्रिय लिगमा छनोट भएको छ ।
एक खेल कम खेलेको काँक्रबिहारको ७ अंक छ । यो क्लबले ३ अङ्कसहित चौथो स्थानमा रहेको टाइगर्स टिमसँग अन्तिम खेल खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्