तपाईँ सुन्दै हुनुहुन्छः

महिला कबड्डी विश्वकप २०२५ भाग लिन जाने टोलीको बिदाइ

काठमाडौँ । बङ्गलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप २०२५ भाग लिन जाने नेपाली महिला कबड्डी टोलीको बिदाइ गरिएको छ ।

शनिवार सुरु भएर मङ्सिर ९ गतेसम्म चल्ने विश्व कपमा नेपाल सहित  बङ्गलादेश, भारत, जापान, जर्मनी, केन्या, चिनियाँ ताइपे, थाइल्यान्ड, इरान, युगान्डा, अर्जेन्टिना र इन्डोनेसिया गरी १२ राष्ट्र सहभागिता रहेको बताइएको छ  नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले पहिलो खेल सोमवार खेल्ने छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव राजीव श्रेष्ठ लगायतले टोलीलाई आज बिदाइ गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button