रास्वपा छाडेका परियार नयाँ दल खोल्ने तयारीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ । उहाँले पार्टी परित्याग गर्नुभएको हो ।
नेता परियारसहितका नेताहरू अब नयाँ दल खोल्ने तयारीमा जुटेको बताइएको छ । नयाँ दल गठनका लागि प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेत्री मानुषी भट्टराईलगायत नेतासँग परामर्श भइरहेको परियारले जनाउनुभएको छ ।
“नयाँ दल गठन गर्ने तयारी भइरहेको छ, नेतृत्वबारे टुङ्गो लागेको छैन । त्यसमा म, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती, मानुषी यमी भट्टराईलगायत रहनुहुनेछ”, नेता परियारले भन्नुभयो, “यस सम्बन्धमा आजै विज्ञप्तिमार्फत जानकारी गराइनेछ ।”
यसअघि उहाँले आजै प्रगतिशील राष्ट्रिय अभियानका नेता शर्मासँग पनि छलफल गर्नुभएको थियो । नयाँ शक्तिका नेत्री भट्टराईले आफूहरू राजनीतिको पुनःगठनका लागि छलफलमा जुटेको पुष्टि गर्नुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्