तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा यो बर्ष १७हजार ५ सय मेट्रिकटन धान उत्पादन

बाजुरा। बाजुरामा यो वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि भएको छ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष ७सय ५८ मेट्रिक टन बढी धान उत्पादन भएको हो।

गत वर्ष जिल्लामा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो भने चालु आर्थिक वर्षमा उत्पादन १८ हजार २सय ५८ मेट्रिक टन पुगेको छ। यसअघि आर्थिक वर्ष २०८०/०८१ मा १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो। पछिल्ला दुई वर्षको तुलनामा यस वर्ष उत्पादनमा निरन्तर वृद्धि भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो।

उहाँका अनुसार पहिला किसानले प्रायः पुराना जातका धान लगाउने चलन थियो जसमा खेती क्षेत्रफल धेरै भए पनि उत्पादन कम हुने गर्थ्यो। हाल रामधान, जुम्ली, सावित्री, हिमाली धान, खुमल जस्ता उन्नत तथा उत्पादन बढी हुने जातको धान प्रवर्द्धन सँगै उत्पादनमा सुधार आएको हो।

बाजुराका प्राय ९ओटै स्थानीय तहका सिञ्चित क्षेत्रमा धान खेती हुने गरेको छ। किसानहरूले पाखो क्षेत्रमा चैत–वैशाखमा र खेतबारीमा जेठ–असारमा रोपाइँ गर्ने परम्परा छ।

जिल्लामा २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर क्षेत्रफल मात्र खेतीयोग्य छ। त्यसमध्ये ६ हजार ९सय १५ हेक्टरमा धान खेती हुने गरेको छ भने १३ हजार १ सय ४० हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button