प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले शुक्रबार फरक फरक सूचना जारी गर्दै प्रतिनिधि सभाका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको हो ।
आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ ।
प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते हुँदैछ ।








प्रतिक्रिया राख्नुहोस्