तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय बिर्तामोडको हिरासतबाट फरार भएका दुईजना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–८ का ३३ वर्षीय सरोज पौडेल र २५ वर्षीय पंकजराज मैनाली रहेका छन् । उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–८ देउनिया स्थित अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।

लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको अवस्थामा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दौरानमा उनीहरू इलाका प्रहरी कार्यालय अनारमनीबाट भागेका थिए ।

प्रहरीले उनीहरूलाई निजकै घरबाट पक्राउ गरेर पुनः इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button