तपाईँ सुन्दै हुनुहुन्छः

मातृभूमि जागरण अभियान नेपाली कम्युनिष्ट पार्टीमा समाहित

काठमाडौँ । विभिन्न सात बुँदे सहमतिसहित मातृभूमि जागरण अभियान नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ ।

काठमाडौँको राष्ट्रिय सभा गृहमा आज आयोजित कार्यक्रममा भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान ७ बुँदे सहमतिसहित नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो ।

सहमति पत्रमा नेपाल र नेपाली जनताको सर्वोपरि हित, राष्ट्रिय सार्वभौमिकता, एकता, अखण्डता, स्वाभिमान तथा आत्म निर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेप र दबाबबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने उल्लेख छ । 

यस्तै समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने, आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने लगायतका सहमति भएका छन् ।

सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र अभियानका भीम रावलले हस्ताक्षर गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button