तपाईँ सुन्दै हुनुहुन्छः

गोरुसिङ्गे–सन्धिखर्क सडक मर्मतका लागि दैनिक ६ घण्टा बन्द हुने

अर्घाखाँची। सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक बन्द हुने भएको छ । 

 अर्घाखाँची प्रवेश गर्ने मुख्य सडक गोरुसिङ्गे सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिकामा पर्ने ठाडा देखि घुम्ती सडक खण्डमा मर्मत एवं स्तरोन्नतिको लागि दैनिक ६ घण्टा सडक बन्द हुने भएको शिवपुर सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा मङ्गलवार बसेको सर्वपक्षीय निर्णय अनुसार बुधवारदेखि मङ्सिर १०  गते सम्म  दैनिक बिहान १० बजेदेखि दिनको ४ बजे सम्म सडक बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो ।

पूर्व पश्चिम राजमार्गको गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्क सम्म सडकको लम्बाइ दुरी ६८ किलो मिटर र चौडाइ केही ठाउँमा ७ मिटर र केही स्थानमा ५ मिटर रहेको डिभिजन शिवपुरका डिभिजन प्रमुख इन्जिनियर  कोइरालाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button