सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौँ । मङ्गलवारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा कारोबार भइरहेको छ ।
मङ्गलवार एक तोला सुन रु दुई लाख ४६ हजार ४०० र चाँदी रु तीन हजार १७० मा खरिद बिक्री भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्