तपाईँ सुन्दै हुनुहुन्छः

‘शिक्षक–प्राध्यापक राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गरिने’ 

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपाल शिक्षक महासङ्घ, प्राध्यापक र शिक्षाका निकायका कर्मचारीका सङ्गसङ्गठन गैह्र राजनीतिक चरित्रको बनाउन आह्वान गर्नुभएको छ ।

मन्त्री पुनले आज विज्ञप्ति जारी गर्दै साझा प्रकृतिको ट्रेड युनियन सङ्गठन हुनुपर्ने र उनीहरूले पेसागत हकहितका लागि सामूहिक सौदाबाजी गर्न पाउनुपर्नेमा आफू स्पष्ट भएको तर राजनीतिक दलको जनसङ्गठन तथा शुभेच्छुक संस्थामा रहेका शिक्षक–प्राध्यापक सङ्गठनलाई आफूले मान्यता नदिने बताउनुभयो । 

मन्त्री पुनले आफूलाई विभिन्न माध्यमबाट प्राप्त सुझाव र गुनासोमा शिक्षक–प्राध्यापकले आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भई शैक्षिक गुणस्तरमा प्रतिकूल असर परेको पाइएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । 

“आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको पाइए कानुनबमोजिम कारबाही गरिने छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button