दोलखा एमालेको निर्णय : आगामी अध्यक्ष केपी शर्मा ओली
दोलखा । नेकपा एमालेको अध्यक्ष फेरि पनि केपी शर्मा ओली नै हो भन्ने प्रस्ताव अब संस्थागत रूपमै आउन थालेको छ ।
पार्टीको ११ औ राष्ट्रिय महाधिवेशनको तयारी भैरहदा नेकपा एमाले दोलखाको ९ औ पूर्ण बैठकले नेकपा एमालेको अभिभावक राष्ट्रवादी नेता केपी शर्मा ओली नै वर्तमान नेपालको राजनीतिक नेतृत्वमा र पार्टी अध्यक्षतामा रहनुपर्ने निर्णय गरेको छ ।

दोलखा जिल्ला कमिटीको निर्णय पार्टीको विधान महाधिवेशनले उमेर हद र दुई पटकको प्रावधान हटाएर केपी शर्मा ओली नै आगामी अध्यक्ष भनेर दिएको सन्देशलाई संस्थागत गरिएको अर्थमा लिनुपर्ने एमाले दोलखाका इन्चार्ज एवम् पार्टी पोलिटब्युरो सदस्य पार्वत गुरुङको भनाई छ ।
एमाले दोलखाको ९ औ पूर्ण बैठकले सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायतलाई स्थान हदको निर्णय गरेको भन्दै त्यसप्रति आपत्ति प्रकट गर्दै प्रतिरोधको निर्णय समेत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व परराष्ट्र मन्त्री आरजु राणा माथि भएको अभद्र व्यवहारको भर्त्सना गर्दै दोलखाका विभिन्न नेताहरूको घरमा भएको आगजनी र कालिन्चोक केबुलकारमा भएको तोडफोडको घटना आपराधिक क्रियाकलाप भएको ठहर पनि बैठकले गरेको छ ।
एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले पार्टीको केन्द्रीय अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको उल्लेख गर्दै सोही कुराको मनन गरेर जिल्ला कमिटी बैठकले आगामी अध्यक्ष केपी शर्मा ओली नै हो भन्ने संस्थागत निर्णय गरेको बताए ।







प्रतिक्रिया राख्नुहोस्