एनपीएलका लागि विराटनगर किंग्सको नयाँ जर्सी सार्वजनिक
मोरङ । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम विराटनगर किंग्सले नयाँ जर्सी सार्वजनिक गरेको छ । जर्सीको रङ्ग र डिजाइन परिवर्तन गरिएको छ ।
कोशी प्रदेशको गौरव, तागत र समुदायको भाव झल्काउने गरी जर्सी परिमार्जन गरिएको टिमले जनाएको छ ।
डिजाइनको केन्द्रमा सप्तकोशीको प्रवाह समेट्ने सात रेखाहरू रहेका छन् । यी रेखाहरूले एकता, शक्ति र गतिशीलताको प्रतीक रहेको टिमले बताएको छ ।
जर्सीको काँधमा एपाउलेट रहेको छ । यी सबैले विराटनगर किंग्सको जर्सीले कोशीको प्रतिनिधित्व गर्ने बताइएको छ । ‘द जर्सी: द क्राउन वी अर्न’ थिममा तयार पारिएको यो जर्सीले एकता र भावनाको प्रतीक रहेको बताउनुभयो ।
विराटनगर किंग्सले नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, नरेन साउद र सुवास भण्डारीलाई रिटेन गरेको थियो । अक्सनबाट किंग्सले सूर्य तामाङ, नारायण जोशी, शाहिल पटेल, शङ्कर राना र श्रवण किस्कुलाई आफ्नो टिममा अनुबन्ध गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्