तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : मुख्यमन्त्री शाह
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा डडेल्धुराको अमरगढी नगरपालिकाको सभाहलमा “डडेल्धुरा जिल्लाका पालिका प्रमुख एवं संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुख सँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा” मुख्यमन्त्री शाहले यस्तो बताउनुभएको हो ।
अन्तरक्रिया कार्यक्रममा अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशी, अजयमेरु गाउँपालिकाका प्रमुख उमेश भट्ट, भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौत, नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थी, गन्यापधुरा गाउँपालिका उपाध्यक्ष ज्ञानु देउवा लगाएतका संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरूको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्